अफगानिस्तानका दुई राजदूतले भारत दुविधामा, कसरी भयो यस्तो ?
प्रकाशित मिति : जेष्ठ २, २०८० मंगलबार
भारतस्थित अफगानिस्तानको दूतावासले विज्ञप्ति जारी गर्दै दूतावासको नेतृत्वमा कुनै परिवर्तन नभएको र भारतका लागि अफगानिस्तानका राजदूत फरीद मामुन्दजाई मात्रै रहेको जनाएको छ । एक व्यक्तिले नयाँ दिल्लीस्थित अफगानिस्तानको दूतावासको इन्चार्ज भएको दाबी गरेका छन् । दूतावासले सोमबार जारी गरेको विज्ञप्तिमा ती दाबीहरूलाई अस्वीकार गरिएको छ।
वास्तविकता के हो ?
आइतबार अफगानिस्तानका केही स्थानीय सञ्चारमाध्यमले भारतमा रहेका केही अफगानी नागरिकले नयाँ दिल्लीस्थित अफगान दूतावासमा भएको कथित भ्रष्टाचारबारे अफगानिस्तानको विदेश मन्त्रालयलाई पत्र लेखेको दाबी गरेका छन् ।
काबुलका लागि वर्तमान राजदूत फरीद मामुन्दजाईलाई फिर्ता बोलाउने आदेश जारी भएको र नयाँ दिल्लीमा ट्रेड काउन्सिलरका रूपमा कार्यरत कादिर शाहलाई कार्यवाहक राजदूत बनाइएको पनि सञ्चारमाध्यममा दाबी गरिएको छ । अफगानिस्तानको टोलो न्यूजले यो पत्र पोस्ट गरेको छ।
सोमबार जारी विज्ञप्तिमा यी दाबीहरूको खण्डन गर्दै भनिएको छ, “तालिबानको ‘कार्यवाहक राजदूत’ भएको दाबी गर्ने व्यक्ति गलत सूचना फैलाउने, मिसनका अधिकारीहरू विरुद्ध आधारहीन अभियान चलाउने जिम्मेवार छ।” यी आरोपहरूमा मिसनमा भ्रष्टाचारको आरोप पनि समावेश छ।
विज्ञप्तिमा भ्रष्टाचारको आरोप एकतर्फी, पक्षपाती र झुटो रहेको उल्लेख गरिएको छ । उनले अफगानिस्तानका जनतालाई उनीहरुको हितमा भारतमा सामान्य रुपमा काम गरिरहने जानकारी गराउन चाहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
फरीद मामुन्दजाई सन् २०२० देखि भारतका लागि अफगानिस्तानका राजदूत हुनुहुन्छ। कादिर शाह सही कि फरीद मामुन्दजाई भन्ने निर्णय गर्न गाह्रो छ।
भारतबाट प्रकाशित एउटा अंग्रेजी अखबारले आफ्नो लेखमा गत अप्रिल २५ मा अफगानिस्तानको विदेश मन्त्रालयले दुईवटा आदेश जारी गरेको जनाएको छ । एउटामा वर्तमान राजदूत फरीद मामुन्दजाईलाई काबुलमा फिर्ता बोलाउन आदेश दिइएको थियो भने सोही दिन जारी भएको दोस्रो आदेशमा वर्तमान ट्रेड काउन्सिलर कादिर शाहलाई कार्यवाहक राजदूत बनाइएको थियो ।
भारतको प्रतिक्रिया के छ ?
यसबारे भारतीय विदेश मन्त्रालयले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । अखबार हिन्दूका अनुसार अधिकारीहरूले दूतावासमा कुनै परिवर्तन भएको बारे कुनै जानकारी नपाएको बताएका छन्।
अहिलेको मामिलामा कादिर शाहले आफू पुरानो सरकार अर्थात असरफ घानीको सरकारको पालामा भारत आएको र उनी अफगानिस्तानको विदेश मन्त्रालयका अधिकारी भएको पनि भनिरहेका छन् ।
पूर्व भारतीय कूटनीतिज्ञ अनिल त्रिगुनायत भन्छन्- ‘यो ९० को दशकमा पनि भएको थियो। त्यस अवधिमा पहिले नजिबुल्लाहको सरकार मुजाहिद्दीनले हटायो र त्यसपछि तालिबानले मुजाहिद्दीनको सरकार हटायो।’