रेशम चौधरीलाई सजाय माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने सरकारको निर्णय
प्रकाशित मिति : जेष्ठ १४, २०८० आईतबार
सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको सजाय माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
आईतबार बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई माफीको लागि सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
चौधरीले टिकापुर काण्डमा दोषी ठहर भइ जेल सजायँ भोगिरहेका छन् । जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा चौधरीको सजाय माफ दिने गरिदिने सरकारको तयारी छ ।