राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण


प्रकाशित मिति : जेष्ठ १७, २०८० बुधबार

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार बिहान विवास्पद नागरिक विधेयक प्रमाणीकरण गरेको स्रोतले बताएको छ ।

यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण रोकेकी थिइन् । तत्कालिन राष्ट्रपति भण्डारीले संसद्‌बाट दुई-दुईपटक पारित गरेर पठाउँदा पनि प्रमाणीकरण नगरिदिँदा नागरिकता विधेयक शीतल निवासमा थन्केर बसेको थियो।

वर्तमान सरकारले सो नागरिकता विधेयक प्रमाणीकरणका लागि यही जेठ १२ गते राष्ट्रपति पौडेललाई आग्रह गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको दिन नागरिकता विधेयक प्रमाणीकरण हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com