भारतीय प्रधानमन्त्री मोदीको प्रतिबद्धता- ‘नेपालसँगको सीमा समस्या समाधान गर्छौँ’


प्रकाशित मिति : जेष्ठ १८, २०८० बिहीबार

दुई देशबीचको द्विपक्षीय वार्तापछि भारत र नेपालका प्रधानमन्त्रीले नयाँ दिल्लीमा पत्रकार सम्मेलनलाई सम्बोधन गरेका छन् । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज दिल्लीमा द्विपक्षीय वार्ता भएको थियो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको सम्बन्धलाई हिमालयको उचाइमा पुर्‍याउने कामलाई निरन्तरता दिने बताएका छन् । उनले सीमा लगाएतका समस्याको समाधान गर्ने प्रतिबद्धता समेत जनाए ।

प्रधानमन्त्री मोदीले भने- ‘हामी हाम्रो सम्बन्धलाई हिमालयको उचाइमा पुर्‍याउने कामलाई निरन्तरता दिनेछौं र त्यही भावनामा हामी सीमा वा अन्य कुनै पनि समस्याको समाधान गर्नेछौं।’

प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री प्रचण्ड र आफ्नो साझेदारीलाई भविष्यमा सुपरहिट बनाउन धेरै महत्त्वपूर्ण निर्णयहरू लिएको उल्लेख गरे । ‘आज प्रधानमन्त्री प्रचण्ड जी र मैले हाम्रो साझेदारीलाई भविष्यमा सुपरहिट बनाउन धेरै महत्त्वपूर्ण निर्णयहरू लिएका छौं।’- प्रधानमन्त्री मोदीले भने ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com