भारतले चीनसँग बराबरी गर्न सक्दैन, त्यसैले भारतीय सेनाबाट डराउँदैनौं : चिनियाँ कर्णेल


प्रकाशित मिति : जेष्ठ २२, २०८० सोमबार

भारत र चीनबीच केही समयदेखि तनाव बढेको छ । वास्तविक नियन्त्रण रेखा (एलएसी) मा दुवै देशका सेना आमनेसामने छन्। हालै सिंगापुरमा सांग्रिला संवादको आयोजना गरिएको थियो ।

साङ्ग्रिला संवाद एसियाको सबैभन्दा ठूलो सुरक्षा फोरम हो। यहाँ सहभागी चिनियाँ सैनिक प्रतिनिधिहरूले भारतले अझै पनि आफ्नो सेनाको रक्षा निर्माण र आधुनिकीकरणमा पीएलएलाई टक्कर दिनसक्ने अवस्थामा नपुगेकाले भारतिय सेनाबाट चीनको सुरक्षा खतरा नपुग्ने बताएका छन्।

आइतबार सकिएको सांग्रिला संवादमा पिपुल्स लिबरेसन आर्मी (पीएलए)का प्रतिनिधिहरूले भारत अझै पनि चीनको सेनाको बराबरीमा आउन नसक्ने दाबी गरेका छन् ।

“भारतले आफ्नो कमजोर औद्योगिक पूर्वाधारका कारण आगामी दशकहरूमा चीनलाई उछिन्ने सम्भावना छैन, जबकि चीनले एक जटिल र व्यवस्थित रक्षा औद्योगिक मञ्च निर्माण गरेको छ,” पीएलए एकेडेमी अफ मिलिटरी साइन्सका वरिष्ठ कर्नल झाओ सियाओझुओले भने।

चीनका एक वरिष्ठ कर्नेल भन्छन्, भारतीय सेनाबाट, चीनलाई कुनै खतरा छैन । चीनको रक्षा उद्योग र हतियार प्रणालीमा भारत कहिल्यै पुग्न नसक्ने उनको भनाइ छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com