स्टार फुटबलर लियोनल मेस्सी फ्रेन्च क्लब पीएसजी छाडेर अमेरिकी क्लब इन्टर मियामीमा जाने


प्रकाशित मिति : जेष्ठ २४, २०८० बुधबार

अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सी फ्रेन्च क्लब पीएसजी छाडेर अमेरिकी क्लब इन्टर मियामीमा प्रवेश गर्ने भएका छन् ।

यसअघि बार्सिलोना क्लबका पूर्व खेलाडी साउदी अरेबियाको अल–हिलाल क्लबमा आवद्ध हुने खबर आएको थियो तर अब मेस्सी अल–हिलालबाट ठूलो अफर छोडेर अमेरिकी क्लबमा जान लागेका छन् ।

मियामी क्लब सम्झौतासँगै, मेस्सीले एडिडास र एप्पल जस्ता ब्रान्डहरूसँग साझेदारी गर्दैछन्।

३५ वर्षीय मेस्सीले सात पटक विश्वकै उत्कृष्ट खेलाडीको उपाधि जितेका छन् । यो वर्षको अन्त्यमा उनले फेरि यो उपाधि जित्न सक्ने विश्वास गरिएको छ ।

उनको कप्तानीमा अर्जेन्टिना यस वर्ष कतारमा भएको विश्वकप फुटबलमा विश्व च्याम्पियन बनेको थियो ।

मेस्सी युरोपेली क्लबबाट नखेल्ने यो पहिलो पटक हुनेछ ।

मेस्सीले पीएसजीका लागि ७५ खेलमा ३२ गोल गरेका छन् । पीएसजीसँग मेस्सीको दुई वर्षको सम्झौता यसै वर्षको गर्मीमा पूरा भएको थियो । त्यसपछि क्लब र खेलाडीले यसलाई नवीकरण गरेनन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com