क्यानडाको जंगलमा लागेको आगलागीको धुवाँ नर्वेसम्म पुग्यो, पूरै युरोप प्रभावित हुने अनुमान


प्रकाशित मिति : जेष्ठ २७, २०८० शनिबार

क्यानडाको जंगलमा लागेको आगोको धुवाँ युरोपेली देश नर्वेसम्म पुगेको छ । धुवाँका कारण न्यूयोर्क र अमेरिकाका धेरै क्षेत्रको वायु प्रदूषित भइसकेको छ । अहिले यो धुवाँ ग्रीनल्याण्ड, आइसल्याण्ड हुँदै नर्वे पुगेको छ । पूरै युरोप धुवाँको चपेटामा पर्न सक्ने वैज्ञानिकहरुले आशंका व्यक्त गरेका छन् ।

क्यानडाको जंगलमा लागेको आगोले अमेरिकाका धेरै सहरलाई निसास्साएको छ । न्यूयोर्क विश्वको सबैभन्दा प्रदूषित सहरमध्ये एक बनेको छ । न्युयोर्कको हावा दिल्लीभन्दा पनि खराब भएको छ ।

गत बुधबार, न्यूयोर्कको वायु गुणस्तर सूचकांक (एक्यूआइ) २१२ पुगेको थियो, जबकि दिल्लीको वायुको एक्यूआइ १९० थियो। मिडिया रिपोर्टका अनुसार वैज्ञानिकहरूले आगामी दिनमा यो धुवाँ युरोपभर फैलिने अनुमान गरेका छन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com