युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने- रुसमाथि प्रतिकारात्मक आक्रमण सुरु गर्यौ


प्रकाशित मिति : जेष्ठ २८, २०८० आईतबार

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशले रुसमाथि प्रतिकारात्मक आक्रमण सुरु गरेको बताएका छन् ।

उनले भने, ‘हामीले आत्मरक्षासँगै जवाफी आक्रमण गरेका छौँ । हाम्रो सेनाले रूसमा यस्ता आक्रमणहरू गरिरहेको छ।’

तर उनले जवाफी आक्रमणको विवरण नदिने पनि बताए ।

जानकारीका अनुसार युक्रेनी सेनाले देशको पूर्वी भागमा रहेको बाख्मुत र दक्षिणमा जापोरिझियामा प्रगति गरिरहेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक भिडियो अन्तर्वार्तामा भने- रुसले अब युक्रेनले जवाफी कारबाही सुरु गरेको छ, तर ठूलो नोक्सानीका साथ अगाडि बढ्न नसक्ने कुरा निश्चित रूपमा भन्न सक्छ।’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com