भारतीय पत्रकारलाई देश छाड्न चीनको आदेश


प्रकाशित मिति : जेष्ठ २९, २०८० सोमबार

चीनले भारतका  पत्रकारलाई  देश छाड्न भनेको छ । ब्लूमबर्ग रिपोर्टस्रोतका अनुसार चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इन्डिया रिपोर्टरलाई यसै महिना देश छोड्न भनेका छन्।

यी पत्रकारले देश छोड्ने बित्तिकै विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनमा कुनै पनि भारतीय पत्रकार  हुने छैनन् ।  दुई देशबीचको द्वन्द्व निरन्तर बढिरहेको बेला चेनले यस्तो आदेश दिएको छ ।

यस वर्षको सुरुमा चार भारतीय पत्रकार चीनमा थिए। हिन्दुस्तान टाइम्स रिपोर्टरले सप्ताहन्तमा देश छाडे, जबकि हिन्दू र प्रसार भारतीका पत्रकारहरूको भिसा यसवर्ष अप्रिलमा नवीकरण गरिएको थिएन।

गत महिना चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनेका थिए, भारतमा एक चिनियाँ पत्रकार बाँकी छन्, जो अझै आफ्नो भिसा नवीकरणको लागि पर्खिरहेका छन्। यसअघि भारतले सिन्ह्वा न्यूज एजेन्सी र चाइना सेन्ट्रल टेलिभिजनका दुई पत्रकारको भिसा नवीकरणको आवेदन अस्वीकार गरेको थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com