इटालीका पूर्वप्रधानमन्त्री बर्लुस्कोनीको निधन
प्रकाशित मिति : जेष्ठ २९, २०८० सोमबार
इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन भएको छ । उहाँ ८६ वर्षको हुनुहुन्थ्यो । बर्लुस्कोनी इटालीको तीन पटक प्रधानमन्त्री हुनु भएको थियो । मिडिया म्याग्नेट मानिने बर्लुस्कोनीको इटालीमा धेरै प्रभाव थियो।
उहाँ दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री हुनुहुन्थ्यो । सन् १९९४ देखि २०११ सम्म उहाँ तीन पटक यो पदमा रहनु भयो ।
बर्लुस्कोनी आफ्नो रंगीन जीवनशैलीका कारण पनि चर्चामा हुनुहुन्थ्यो । स्टाइलका कारण उहाँ विश्वभर चिनिएका थिए । उहाँ एक सफल व्यवसायी पनि हुनुहुन्थ्यो र आफ्नो व्यावसायिक कौशलताको लागि पनि हुनुु भएको थियो ।
उहाँसँग धेरै घोटालाका घटना जोडिएका थिए र उनले कानुनी मुद्दाको सामना गर्नुपरेको थियो। उनले बनाएको पार्टी अहिले इटालीको सत्तारुढ गठबन्धनको हिस्सा हो।