पत्रकार विवाद समाधान गर्न भारत अगाडि आउनुपर्छ : चीन


प्रकाशित मिति : जेष्ठ २९, २०८० सोमबार

चीनले दुई देशबीच जारी पत्रकार विवाद समाधान गर्न भारतलाई अगाडि आउन अपिल गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतमा काम गर्ने चिनियाँ पत्रकारहरूलाई हालैका वर्षहरूमा राम्रो व्यवहार नगरिएको बताए। उनले भविष्यमा पनि चिनियाँ पत्रकारहरूलाई भारतले भिसा जारी राख्ने आशा व्यक्त गरे।

चीनको यो भनाइ यस्तो बेला आएको हो जब उसले त्यहाँ कार्यरत दुई भारतीय पत्रकारको भिसा नवीकरण गर्न अस्वीकार गरेको छ । चीनले त्यहाँ काम गर्ने चिनियाँ पत्रकारलाई भिसा दिन वा नवीकरण गर्न भारतले अवरोध गरिरहेको बताएको छ। चीनको यो कदमपछि त्यहाँ काम गर्ने पीटीआई पत्रकारहरूले यसै महिनाको अन्त्यमा चीन छाड्नेछन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com