बिपरजोय चक्रवात : भारतको गुजरातका धेरै क्षेत्रमा ठूलो क्षति हुने डर
प्रकाशित मिति : जेष्ठ २९, २०८० सोमबार
चक्रवात विपरजोयले पश्चिमी तटीय क्षेत्रमा भारी वर्षा, हावाहुरी ल्याउने सम्भावना रहेको छ । भारतीय तटीय क्षेत्रमा आँधी आउन अझै दुई दिन बाँकी रहे पनि केरला, गुजरात, मुम्बईमा शक्तिशाली आँधीबेहरी आउन थालेको छ ।
जुन १५ मा यो आँधी भारतमा पुगेपछि गुजरातको कच्छ, देवभूमि द्वारका, पोरबन्दर, जामनगर, मोरबी, जुनागढ र राजकोट जिल्लामा ठूलो क्षति हुने सम्भावना छ ।
भारतीय मौसम विज्ञान विभाग र भारतीय राष्ट्रिय महासागर सूचना सेवा केन्द्रले जुन १२ मा सम्भावित क्षतिको जानकारी दिँदै संयुक्त बुलेटिन जारी गरेको थियो।
खरका घरहरू, अन्य कमजोर घरहरूमा व्यापक क्षति हुन सक्नेछ । बिजुली तथा सञ्चारका पोलहरु झुकेन वा उखेलेर सडकमा क्षति पुग्ने सम्भावना रहेको छ । रेलवे, ओभरहेड पावर लाइनहरू र सिग्नल प्रणालीहरू अवरुद्ध हुनेछन्, बाली र रूखहरूमा व्यापक क्षति हुने अनुमान गरिएको छ। गुजरात, महाराष्ट्र, गोवा, कर्नाटक, केरला र लक्षद्वीपमा हाई वेभ अलर्ट जारी गरिएको छ।
हावाहुरीको गति असार १५ गते बिहानदेखि बेलुका १२५ देखि १ सय ३५ किलोमिटर हुने र प्रतिघण्टा १४५ किलोमिटरसम्म पुग्न सक्छ ।-बिबिसिबाट