संसदभित्रै यौन दुर्व्यवहार भएको महिला सांसदको खुलासा
प्रकाशित मिति : जेष्ठ ३२, २०८० बिहीबार
अस्ट्रेलियाकी एक महिला सांसदले संसदभित्रै यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । स्वतन्त्र महिला सांसद लिडिया थोरपेले बिहीबार यो खुलासा गरेकी छन् । थोरपेले अष्ट्रेलियाको संसद महिलाका लागि सुरक्षित नभएको बताइन् । लिडिया थोरपले आफूले भोगेको यौन उत्पीडनको विवरण सुनाउँदै भक्कानिएर रोइन । संसदमा आफूमाथि अश्लिल टिप्पणी हुने, गालीगलौज गरिएको, अनुचित ढंगले छोएको र प्रभावशाली व्यक्तिले यौन दुर्व्यवहार गरेको उनले बताईन ।
यसअघि लिडियाले आफ्ना साथी सांसद डेभिड भानले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । तर, पछि संसदबाट प्रतिबन्ध लाग्ने डरले उनले आफ्नो भनाइ फिर्ता लिनुपरेको थियो । बिहीबार, थोरपेले डेभिड भन विरुद्ध आफ्नो मुख्य आरोप दोहोर्याए। डेभिड कन्जरभेटिभ लिबरल पार्टीका सांसद हुन् र उनले लिडिया थोरपेको आरोपलाई कडाइका साथ अस्वीकार गरेका छन्। उनले यो आरोपबाट आफू निकै दुखी भएको बताए । यो आरोपपछि लिबरल पार्टीले वानलाई निलम्बन गरेको छ ।
यस विषयमा वानले कानुनविद्हरुसँग कुरा गरिरहेको थर्पले भने, यस्तो अवस्थामा आफूले फेरि मुद्दा हाल्नुपर्यो । उनले भने, ‘मलाई पटकपटक फलो गरियो र संसद परिसरभित्रै गलत तरिकाले छुयो । मलाई अफिस छोड्न डर लाग्थ्यो । अफिसबाट निस्कँदा निकै होसियारीसाथ ढोका खोलेर कोही छ कि छैन हेर्थेँ।’ धेरै पटक अरुको सहयोगमा संसद छाड्नुपरेको उनले बताईन ।
यसअघि सन् २०२१ मा संसदभित्र यौन काण्ड सार्वजनिक भएपछि अस्ट्रेलियाको राजनीतिमा भूकम्प आएको थियो । त्यतिबेला, ब्रिटनी हिगिन्सले आरोप लगाएकी थिइन् उनका साथी कन्जरभेटिभ कर्मचारीले उनलाई क्याबिनेट मन्त्रीको कार्यालयमा बलात्कार गरेको थियो। उनले यो घटना २०१९ मार्चको भएको बताईन । त्यसपछि यो सम्पूर्ण मामिलामा ५ वटा छुट्टाछुट्टै छानबिन गरिएको थियो । अष्ट्रेलियाको संसदमा यौन उत्पीडन र उत्पीडन हुने गरेको अनुसन्धानले देखाएको छ ।-एजेन्सी