प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास
प्रकाशित मिति : असार १, २०८० शुक्रबार
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुन २१ देखि जुन २४ सम्म अमेरिकाको राजकीय भ्रमणमा हुनेछन्। यस अवधिमा प्रधानमन्त्री मोदीले धेरै महत्त्वपूर्ण कार्यक्रममा भाग लिनेछन्। यो प्रधानमन्त्री मोदीको अमेरिकाको पहिलो राजकीय भ्रमण हो।
ह्वाइट हाउसका पूर्व कोभिड प्रतिक्रिया संयोजक आशिष झाले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीलाई वाशिंगटन डीसीमा धेरै स्वागत छ। उहाँ यहाँ आउनुभएकोमा हामी सबै धेरै उत्साहित छौं र यसले भारत र अमेरिकाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनेछ।’
उनले थप भने, “यो भारत-अमेरिका सम्बन्धको लागि महत्वपूर्ण समय हो। विश्वका दुई ठूला प्रजातन्त्रहरूले समान चुनौतीहरूको सामना गरिरहेका छन्।”
उनले थपे- ‘हामी कोभिड-१९ महामारीबाट बाहिर निस्कँदा, हामीले दुबै देशबाट कोभिड विरुद्ध अविश्वसनीय नयाँ अनुसन्धान देखेका छौं। दुई देशबीचको साझेदारीलाई अर्को उचाइमा लैजाने यो महत्त्वपूर्ण क्षण हो।’