फ्रान्सको पश्चिमी क्षेत्रमा ५.८ म्याग्निच्युडको भूकम्पको धक्का महसुस
प्रकाशित मिति : असार १, २०८० शुक्रबार
फ्रान्सको पश्चिमी क्षेत्रमा ५.८ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको छ । यस भूकम्पका कारण धेरै भवनमा क्षति पुगेको छ । सन् २००० पछि फ्रान्समा पहिलो पटक यति तीव्रताको भूकम्प आएको छ ।
भूकम्प अनुगमनका लागि राष्ट्रिय सञ्जाल रेनासले भूकम्पको म्याग्निच्युड ५.३ रेकर्ड गरेको छ । यसैबीच, फ्रान्सेली केन्द्रीय भूकम्प मापन ब्यूरो (बीसीएसएफ) ले भूकम्पको म्याग्निच्युड ५.८ मापन गरेको छ ।
भूकम्पका कारण धेरै भवनमा चर्किएको छ । योसँगै १ हजार १ सय घरमा विद्युत् आपूर्ती बन्द भएको छ । रिपोर्टका अनुसार भूकम्पको झट्का उत्तर रेनेससम्म र दक्षिणमा बोर्डोसम्म महसुस गरिएको थियो।