भारतीय प्रधानमन्त्री मोदीको भ्रमण न्यूयोर्कबाट सुरु हुने, क-कसलाई भेट्नेछन् ?
प्रकाशित मिति : असार २, २०८० शनिबार
प्रधानमन्त्री नरेन्द्र मोदीले २० देखि २५ जुनसम्म अमेरिका र इजिप्टको भ्रमण गर्दै छन् । यसै क्रममा भारतीय विदेश मन्त्रालयले आफ्ना कार्यक्रमहरुका सम्बन्धमा प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री मोदीको अमेरिका भ्रमण न्यूयोर्कबाट सुरु गर्ने जानकारी दिएको छ ।
जुन २१ मा प्रधानमन्त्री मोदीले न्यूयोर्कमा संयुक्त राष्ट्र संघको मुख्यालयमा अन्तर्राष्ट्रिय योग दिवस समारोहको नेतृत्व गर्नेछन्। सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्र संघको महासभाले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा घोषणा गरेको थियो ।
जुन २२ मा प्रधानमन्त्री मोदी वाशिंगटनमा हुनेछन्, जहाँ उनलाई व्हाइट हाउसमा औपचारिक रूपमा स्वागत गरिनेछ। उनले यहाँ अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गर्नेछन् । साँझ राष्ट्रपति वाइडेनले राजकीय रात्रिभोजको आयोजना गर्नेछन्। यसबाहेक प्रधानमन्त्री मोदीले अमेरिकी कंग्रेसलाई पनि सम्बोधन गर्ने छन् ।
जुन २३ मा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले उनलाई दिउँसो खाजाको लागि बोलाउनेछिन्, जहाँ विदेशमन्त्री एन्टोनी ब्लिन्केन पनि उपस्थित हुनेछन्।
यस बाहेक प्रधानमन्त्रीले अमेरिकाका सीईओ, पेशेवर र अन्य धेरै व्यक्तिहरूसँग भेट गर्नेछन्। उनले एनआरआईसँग पनि भेट गर्नेछन् ।
जुन २४-२५ मा प्रधानमन्त्री मोदी इजिप्टका राष्ट्रपति अब्दुल फताह अल-सिसीको निमन्त्रणामा राजधानी कायरो जानेछन्।