अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन चीन पुगे, के छ एजेण्डा ?
प्रकाशित मिति : असार ३, २०८० आईतबार
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आइतबार चीन पुगेका छन् । पाँच वर्षमा अमेरिकी विदेशमन्त्रीको यो पहिलो भ्रमण हो।
यसअघि उनले यही फेब्रुअरीमा चीन भ्रमण गर्ने तयारी गरे पनि चिनियाँ जासुसी बेलुनका कारण उत्पन्न तनावका कारण भ्रमण स्थगित भएको थियो ।
उनले चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता गर्नेछन् । चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटबारे हालसम्म कुनै जानकारी आएको छैन ।
शुक्रबार सी जिनपिङले माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सलाई भेटेका थिए ।
दुई देशबीचको सम्बन्ध सुधार गर्ने, व्यापार सहज बनाउने र युक्रेन युद्धमा रुसमा जाने चिनियाँ हतियार रोक्न भ्रमणको मुख्य एजेन्डा हुन सक्ने विश्वास गरिएको छ ।