युगाण्डाको विद्यालयमा भएको आक्रमणको संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा निन्दा


प्रकाशित मिति : असार ३, २०८० आईतबार

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले पश्चिमी युगान्डाको एक माध्यमिक विद्यालयमा एलाइड डेमोक्रेटिक फोर्सेज ९एडीएफ० समूहले गरेको आक्रमणको कडा शब्दमा निन्दा गर्नुभएको छ ।

युगान्डाका अधिकारीहरूका अनुसार एडीएफ विद्रोहीहरूले शुक्रबार राति डीआरसीसँग सीमा जोडिएको मपोन्ड्वेस्थित ल्हुबिरिरा माध्यमिक विद्यालयमा आक्रमण गर्दा कम्तीमा ३७ विद्यार्थीको मृत्यु भएको थियो भने कम्तीमा आठ जना विद्यार्थीको अवस्था गम्भीर रहेको छ ।

आक्रमणकारीले छ जना विद्यार्थीलाई कब्जामा लिई आफुसँगै लगेका छन् ।

उपप्रवक्ता फरहान हकले एक विज्ञप्ति जारी गर्दै यस भयानक आक्रमणका लागि जिम्मेवार व्यक्तिहरूलाई न्यायको कठघरामा ल्याउनुपर्ने बताउनुभएको छ ।

महासचिवले मृतकका परिवार, युगान्डाको सरकार र जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दै अपहरणमा परेकालाई तत्काल रिहा गर्न आह्वान गरेका छन् ।

गुटेर्रेसले प्रजातान्त्रिक गणतन्त्र कङ्गो ९डीआरसी० र युगान्डाबीचको सीमापार असुरक्षाको सामना गर्न र यस क्षेत्रमा दिगो शान्ति बहालीका लागि क्षेत्रीय साझेदारीमा वृद्धि सहित सामूहिक प्रयासको महत्वलाई दोहो¥याएका छन् ।

एडीएफ युगान्डाको विद्रोही समूह हो जुन पूर्वी कङ्गोको जङ्गलमा लुकेर आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ ।

यो मध्य अफ्रिकामा इस्लामिक स्टेटको एउटा शाखा हो । विद्रोही समूहलाई पूर्वी कङ्गोका गाउँहरूमा आतङ्क मच्चाएको आरोप लगाइएको छ ।

युगान्डा र कङ्गोका सेनालेसन् २०२१ को नोभेम्बरमा विद्रोही समूहविरुद्ध संयुक्त अभियान चलाएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com