भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता
प्रकाशित मिति : असार ७, २०८० बिहीबार
अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । बाइडेनलाई भेटन मोदी राष्ट्रपति निवास ह्वाइट हाउस पुगेका हुन ।
मोदीले राष्ट्रपति बाइडेनसंगै प्रथम महिला जिल बाइडेन र परिवारसँग भेटघाट गरेका छन् । मोदी र बाइडेनबीच बिभिन्न मुद्दामा द्विपक्षीय वार्ता भएको छ । वार्तामा रक्षा र अत्याधुनिक प्रविधिको प्रयोग र सहकार्यबारे गम्भीर छलफल भएको जनाइएको छ । यो विषयमा भविष्यका लागि स्पष्ट रोडम्याप तयार गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ ।
हतियारमा साझेदारी गर्ने र अमेरिकी कम्पनीका अत्यधुनिक रक्षा प्रविधि भारतलाई हस्तान्तरण गर्ने विषयमा सकारात्मक कुराकानी भएको बुझिएको छ । आजै मोदीले अमेरिकी संसदका दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति बाइडेन र उनकी पत्नी जिलले मोदीका लागि आज रात्रिभोजको पनि आयोजना गरेका छन् ।