टाइटन पनडुब्बी : गहिरो समुद्री पानीको चापले कसरी मानिसको ज्यान लिन्छ ?
प्रकाशित मिति : असार ८, २०८० शुक्रबार
तपाईं जति धेरै समुन्द्रको गहिराइमा झर्नु हुन्छ, तपाईंमाथिको पानीले तपाईंमाथि लगातार दबाब बढाउँछ।
टाइटन पनडुब्बीमा विष्फोट हुनुको कारण के हुन्थ्यो भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन तर यसको बाहिरी सतहमा कतै सानो कमजोरी भएको हुन सक्ने विज्ञहरू बताउँछन् ।
महासागरको सतहमा पानीको चाप लगभग ६.६ किलो प्रति इन्च हुन्छ।
तर, यो दबाब हरेक दस मिटर गहिराइमा बढ्छ। त्यसैले टाइटानिक जहाजको भग्नावशेष देखाउन टाइटन पनडुब्बी पुगेको ३ हजार मिटरको गहिराइमा त्यहाँको पानीको चाप समुन्द्रको माथिल्लो सतहमा रहेको चापभन्दा ३ सय गुणा बढी छ ।
टाइटानिक जहाजको भग्नावशेष रहेको ठाउँलाई मिडनाइट जोन पनि भनिन्छ।
यो ठाउँ ३३०० फीट देखि १३१०० फिट को गहिराई को बीचमा अवस्थित छ।
त्यो गहिराइमा, तापमान ४ डिग्री सेल्सियसको वरिपरि रहन्छ। त्यो गहिराइमा केही समुद्री जीवहरू मात्र बाँच्न सक्छन्।
धेरै दबाब, अन्धकार र चिसोमा बाँच्न उनीहरूले आफूलाई अनुकूल बनाएका छन्। यी समुद्री जीवहरूलाई सतहमा ल्याउने बित्तिकै तिनीहरू चाँडै मर्छन्।