भारतीय प्रधानमन्त्री मोदीको अमेरिका भ्रमण सकियो, इजिप्टको राजधानी कायरो प्रस्थान
प्रकाशित मिति : असार ९, २०८० शनिबार
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तीन दिने अमेरिका भ्रमण सकिएपछि उनी इजिप्टको दुई दिने भ्रमणका लागि राजधानी कायरो प्रस्थान गरेका छन् ।
अमेरिकी भ्रमणको अन्त्यमा प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा भिडियो ट्वीट गरेका छन् । यसमा उनले लेखेका छन्, ‘एक धेरै विशेष अमेरिकी भ्रमणको अन्त्य। यहाँ मैले भारत-अमेरिका मित्रतालाई गति दिने उद्देश्यले धेरै कार्यक्रम र वार्तामा सहभागी हुने अवसर पाएँ। हाम्रा राष्ट्रहरूले यस संसारलाई आगामी पुस्ताका लागि राम्रो ठाउँ बनाउन सँगै काम गरिरहनेछन्।’
Concluding a very special USA visit, where I got to take part in numerous programmes and interactions aimed at adding momentum to the India-USA friendship. Our nations will keep working together to make our planet a better place for the coming generations. pic.twitter.com/UmATOH3acd
— Narendra Modi (@narendramodi) June 24, 2023
प्रधानमन्त्री मोदी अब दुई दिनको लागि इजिप्टमा हुनेछन् जहाँ उनले देशका राष्ट्रपति अब्दुल फताह अल-सिसीसँग द्विपक्षीय भेट गर्नेछन्। यसबाहेक प्रधानमन्त्री मोदीले अल-हकिम मस्जिदको पनि भ्रमण गर्नेछन्।