प्राविधिक गडबडीपछि ‘भियतजेट’ विमान फिलिपिन्समा आकस्मिक अवतरण, सबै यात्रु सकुशल


प्रकाशित मिति : असार १३, २०८० बुधबार

भियतजेटको विमानले बुधबार बिहान उत्तरी फिलिपिन्समा प्राविधिक गडबडीका कारण आपतकालीन अवतरण गरेको छ । विमानमा २१४ जना सवार थिए र सबै सकुशल छन् । यात्रु र चालक दल मध्ये कोही पनि घाइते भएनन्।

एयरबस ए-३२१ दक्षिण कोरियाली सहर इन्चेनबाट भियतनाम जाँदै गर्दा प्राविधिक समस्या देखिएपछि इलोकोस नोर्टे प्रान्तको लाओग अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न बाध्य भएको फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

नागरिक उड्डयन एजेन्सीका प्रवक्ता एरिक अपोलोनियोले ‘द एसोसिएटेड प्रेस’ (एपी) लाई भने – “पाइलटले कुनै आपतकालिन घोषणा गरेनन्।” उनले प्राविधिक समस्याबारे ‘टावर’ लाई जानकारी दिए । यद्यपि, कुनै इन्जिन फेल भएको रिपोर्ट आएको छैन।’

अपोलोनियोले भने – ‘यात्रुहरूका लागि अर्को विमानको व्यवस्था गरिएको छ, जुन बुधबार आउने अपेक्षा गरिएको छ। जबसम्म यात्रुलाई विमानस्थलको ‘लाउन्ज’ मा कुर्न भनिएको छ ।’

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com