ट्विटरमा पढ्न सकिने पोष्टहरूको संख्या सीमित गर्ने एलोन मस्कको घोषणा


प्रकाशित मिति : असार १७, २०८० आईतबार

सामाजिक सञ्जाल ट्विटरका मालिक एलोन मस्कले आफ्नो प्लेटफर्ममा पढ्ने ट्वीटको संख्या सीमित गर्ने घोषणा गरेका छन् ।

शनिबार विभिन्न ट्वीटमा उनले अब एक अनभेरिफाईड अकाउन्टबाट एक दिनमा बढीमा १ हजार पोष्ट मात्र पढ्न सकिने बताए । तर, नयाँ अप्रमाणित खाताको हकमा यो सीमा ५०० मात्र हुनेछ।

मस्कले प्रमाणित खाताको हकमा एक दिनमा अधिकतम दश हजार पोष्टहरू पढ्न सकिने बताए ।

मस्कले शनिबार यी ट्वीट नम्बरहरू दुई पटक संशोधन गरे। पहिलो ट्विटमा, उनले भनेका छन् – ‘डेटा स्क्र्यापिङ’ र ‘सिस्टम हेरफेर’ को धेरै बढेको स्तरको समस्यालाई सम्बोधन गर्न हामीले निम्न ‘अस्थायी सीमाहरू’ लागू गरेका छौं।’

उनका अनुसार ‘अहिले वेरिफाइड अकाउन्टबाट दैनिक ६ हजार पोष्ट मात्र पढ्न पाइन्छ । अप्रमाणित खाताको मामलामा यो सीमा प्रति दिन ६ सय पोष्टहरूमा सीमित छ। नयाँ अप्रमाणित खाताहरूको मामलामा यो सीमा प्रति दिन तीन सय पोस्टहरूमा सीमित छ।’

त्यसपछि मस्कले अर्को ट्वीटमा यी तीनवटै आंकडा परिवर्तन गरे। उनका अनुसार यो संख्या क्रमशः ८ हजार, ८ सय र ४ सय हुनेछ ।

तर, अर्को ट्वीटमा उनले यो सीमा फेरि १०,०००, १,००० र ५०० मा परिवर्तन गरेका छन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com