फ्रान्समा दङ्गाकारीहरूद्वारा मेयरको घरमा प्रहार, श्रीमती र बच्चा घाइते
प्रकाशित मिति : असार १७, २०८० आईतबार
केही दिन देखि एकजना युवकको हत्ता भएपछि फ्रान्स अशान्त बनिरहेको छ । यसै बीच आक्रोशित प्रदर्शनकारीहरूले पेरिसको दक्षिणस्थित शहरका मेयरको घरमा कार प्रहार गरेका छन् । सो घटनामा उनकी श्रीमती र बच्चा घाइते भएका छन् ।
मेयर भिन्सेन्ट जीनब्रुनले ट्वीटरमा लेखेका छन् – ‘प्रदर्शनकारीहरूले ‘आगो लगाउनु अघि’ उनको घरमा गाडी प्रहार गरे सो घटनामा मेरी श्रीमती र छोरा घाइते भएका छन् ।’