पाइटलसहित ६ जना यात्रु रहेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन
प्रकाशित मिति : असार २६, २०८० मंगलबार
सोलुखुम्बुको सुर्केबाट काठमाडौँ आउँदै गरेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् ।
खराब मौसमका कारण लुक्ला विमानस्थल तल सुर्केबाट बिहान करिब १० बजे उडेको मनाङ एयरको ९ एनएएमभी हेलिकप्टर ५–७ मिनेटमा नै सम्पर्कविहीन हुन पुगेको हो ।
हेलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको वायुसेवा सञ्चालक संघले जनाएको छ । हेलिकप्टरको खोजी कार्य जारी छ ।