रहिनन् प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहाल


प्रकाशित मिति : असार २६, २०८० मंगलबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । उनको बुधबार बिहान थापाथलीस्थित  नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।

उनी लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन् । रोगका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन् । अस्पतालले निधनको कारण ‘कार्डियक अरेष्ट’ भनेको छ । 

सीता दाहाललाई बुधबार बिहान ८ बजे हृदयघात भएपछि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको ८ बजेर ३३ मिनेट जाँदा निधन भएको हो ।

सीता दाहाल नेकपा माओवादी केन्द्रकी सल्लाहकारसमेत थिइन् । सीता दाहालको पार्थिव शरीर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिनेछ । अन्तिम संस्कार भने दिउँसो २ बजे पशुपति आर्यघाटमा गरिने सचिवालयले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com