मोदी उपनामसँग सम्बन्धित मानहानि मुद्दामा सर्वोच्च अदालत पुगे राहुल गान्धी
प्रकाशित मिति : असार ३०, २०८० शनिबार
भारतीय कांग्रेस नेता राहुल गान्धी आपराधिक मानहानि मुद्दामा सर्वोच्च अदालत पुगेका छन्।
यसअघि गुजरात उच्च अदालतले ‘मोदी उपनाम’ सम्बन्धी आपराधिक मानहानि मुद्दामा राहुल गान्धीको सजायमा रोक लगाउने याचिका खारेज गरेको थियो।
राहुल गान्धीले गुजरात उच्च अदालतको यो आदेशलाई चुनौती दिँदै सर्वोच्च अदालतमा पुगेका हुन् ।
सन् २०१९ मा राहुल गान्धीले ‘मोदी उपनाम’ को बारेमा टिप्पणी गरेका थिए जसमा उनले नीरव मोदी, ललित मोदी र अरूको नाम लिँदै भनेका थिए, “सबै चोरहरूको उपनाम मोदी कसरी हुन्छ?”
यस सम्बन्धमा सुरतको एक अदालतले आपराधिक मानहानिको मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो ।