भारतीय प्रधानमन्त्री मोदीको यूएई भ्रमण समाप्त, दुई देशबीच के-के सम्झौता भयो ?
प्रकाशित मिति : असार ३०, २०८० शनिबार
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार संयुक्त अरब इमिरेट्सको एकदिने भ्रमण पूरा गरेका छन् । यस क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग द्विपक्षीय वार्ता गरेका थिए।
व्यापारदेखि अनलाइन भुक्तानी प्रणालीसम्म दुई देशबीच केही महत्वपूर्ण सम्झौता भएको छ ।
- भारतीय रिजर्भ बैंक र यूएईको केन्द्रीय बैंकले स्थानीय मुद्राको प्रयोगलाई प्रवर्द्धन गर्न दुईवटा सम्झौतामा हस्ताक्षर गरेका छन्।
- भारतीय रुपैयाँ र यूएई दिर्हामको प्रयोगलाई प्रवर्द्धन गर्न स्थानीय मुद्रा सेटलमेन्ट प्रणाली (एससीएसएस) स्थापना गर्ने।
- भारतको एकीकृत भुक्तानी इन्टरफेस (यूपीआई) लाई ‘भुक्तानी र सन्देश प्रणाली’ अन्तर्गत यूएई को तत्काल भुक्तानी प्लेटफर्म (आईपीपी) सँग लिङ्क गर्ने।
- केन्द्रीय शिक्षा मन्त्रालय र अबु धाबीको शिक्षा र ज्ञान विभाग (एडीईके) ले खाडी देशमा आईआईटी दिल्लीको क्याम्पस स्थापना गर्न सम्झौतामा हस्ताक्षर ।
- कोप-२८ जलवायु मुद्दामा हुने वार्षिक बैठक) को अध्यक्षताका लागि भारतले संयुक्त अरब इमिरेट्सलाई पूर्ण सहयोग गर्ने आश्वासन व्यक्त ।