केदारनाथ मन्दिर परिसरमा मोबाइलबाट फोटो खिच्न र भिडियो बनाउन निषेध
प्रकाशित मिति : श्रावण १, २०८० सोमबार
केदारनाथ मन्दिर परिसरमा मोबाइल फोनबाट फोटो खिच्न प्रतिबन्ध लगाइएको छ । बद्रीनाथ-केदारनाथ मन्दिर समितिले विभिन्न ठाउँमा यस सम्बन्धमा विभिन्न साइन बोर्डहरू पनि लगाएको छ।
हालै केदारनाथ मन्दिरका यस्ता धेरै भिडियो भाइरल भएका छन्, जसलाई लिएर विवाद भएको छ । अब केदारनाथ मन्दिरमा मोबाइल फोन लिएर प्रवेश गर्न, फोटो खिच्न र भिडियो बनाउन प्रतिबन्ध लगाइएको छ ।
मन्दिरको व्यवस्थाको रेखदेख गर्ने बद्रीनाथ–केदारनाथ मन्दिर समितिले मन्दिर परिसरमा विभिन्न स्थानमा यस सम्बन्धमा बोर्डहरू टाँसिएको छ ।
बद्रीनाथ–केदारनाथ मन्दिर समितिका अध्यक्ष अजेन्द्र अजयले भने, ‘अहिले कुनै भक्तले केदारनाथ मन्दिरभित्र फोटो खिच्ने गरेको पाइएमा उसलाई पनि कानुनी कारबाही गरिने छ ।’
उनले भने, ‘भक्तहरूले मोबाइल लिएर दर्शन गर्न सक्छन् ।’ तर मन्दिर भित्र भिडियो र फोटो खिच्न नपाइने, प्रतिबन्ध लगाइएको छ ।
अजयले भने, ‘भिडियो, रिल्स र केही युट्युबरका कारण यो प्रतिबन्ध लगाइएको हो ।’ सामाजिक सञ्जालमा यस्ता धेरै भिडियो भाइरल भएकामा धेरै तीर्थयात्रीले आपत्ति जनाएका उनको भनाइ छ ।