चिनिँया राष्ट्रपति सी चिनफिङ र पूर्वअमेरिकी विदेशमन्त्री हेनरी किसिञ्जरबीच भेटवार्ता


प्रकाशित मिति : श्रावण ४, २०८० बिहीबार

चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिञ्जरबीच दायुताई राजकीय विश्रामगृहमा भेटवार्ता भएको छ ।

सन् सत्तरीको दशकमा चीन र अमेरिकाबीच कुटनीतिक सम्बन्ध स्थापनामा विदेशमन्त्री किसिञ्जरले अहम् भूमिका निर्वाह गर्नुभएको थियो । त्यसबेला उहाँ अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार हुनुहुन्थ्यो ।

एकसय वर्षीय किसिञ्जरको यो एकसयौँ चीन भ्रमण हो । राष्ट्रिय सुरक्षा सल्लाहकार किसिञ्जरको भ्रमणपछि तत्कालीन अमेकिरीकी राष्ट्रपति रिचर्ड निक्सनको ऐतिहासिक चीन भ्रमण भएको थियो ।

विश्वमानचित्रमा एक्लिएको चीन अमेरिकासँग सम्बन्ध स्थापना गरेसँगै उत्पादन उद्योगका लागि विश्वकै कारवाखाना बनेको छ । नोबेल शान्ति पुरस्कार प्राप्त वरिष्ठ कुटनीतिज्ञ किसिञ्जरले गत मे २७ मा आफ्नो एकसयौँ जन्मदिवस मनाउनुभएको थियो । जन्मदिवस मनाएपछिको यो उहाँको एकसयौँ चीन भ्रमण हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com