बिदेश जाँदै हुनुहुन्छ ? यसरी मोबाइलबाटै गर्नुहोस् अन्तर्राष्ट्रिय रोमिङ्ग सेवा सूचारू
प्रकाशित मिति : श्रावण २३, २०८० मंगलबार
के तपाइँ विदेश जाँदै हुनुहुन्छ ? त्यो हो भने नेपाल टेलिकमले आफ्नो पोस्टपेड/प्रिपेड मोबाइलमा रोमिङ्ग सेवालाई थप सहज बनाएको छ।
नेपाल टेलिकमको पोस्टपेड/प्रिपेड मोबाइलमा पनि अब अनलाइनमार्फत वा युएसएसडी कोडबाट रोमिङ सेवा एक्टिभ गराउन सकिने भएको छ। यो सेवाका लागि कम्पनीको काउन्टरमै धाउनुपर्ने बाध्यता अब हटेको छ। प्रिपेडमा यो सुविधा पहिलेदेखि रहेकोमा पोष्टपेडमा पनि थपिएको हो ।
सेवा कसरी प्राप्त गर्ने ?
प्रिपेडमा पनि रोमिङ सेवा लिनका लागि मोबाइलबाट *१४१५*७# (*1415*7#) डायल गरेर त्यहाँ उपलब्ध रोमिङ सेवा सुचारु गर्ने विकल्प छनौट गर्नुपर्छ। नेपाल टेलिकम एपको प्रयोग गरेर पनि यो सेवा सुचारु गर्न सकिन्छ। तर, यी कार्य नेपालबाट विदेश भ्रमण गर्नु पहिले नेपालमै भएको समयमा गर्नुपर्छ।
कार्यालयमा नगई यो सेवा सुचारु गराउन कम्तीमा मोबाइल ब्यालेन्स ५ हजार हुनुपर्ने छ ।
ग्राहक प्रिपेड मोबाइलसहित विदेशमै भएको अवस्थामा पनि रोमिङ सुविधाका लागि [email protected] मा नेपाल सरकारबाट जारी भएको परिचय पत्रको स्क्यान प्रति र सोही ईमेलबाट प्राप्त हुने फारम भरी सोको स्क्यान प्रति पठाएर सेवा सुचारु गराउन सकिने जनाएको छ।
नेपाल बाहिर (विदेशी मुलुकमा) नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गर्न सकिने सुविधा नै अन्तर्राष्ट्रिय रोमिङ सेवा हो। यो सुविधा लिएपछि विदेश गएको समयमा पनि नेपाल टेलिकमकै मोबाइल नम्बर (सिम) प्रयोग गरी फोन गर्न, इन्टरनेट चलाउन तथा एसएमएस पठाउन र प्राप्त गर्न सकिन्छ ।