अमेरिकामा डढेलोबाट मृत्यु हुनेको संख्या ६३ पुग्यो, लहेना सहर नराम्ररी प्रभावित
प्रकाशित मिति : श्रावण २७, २०८० शनिबार
अमेरिकाको हवाई टापुको माउ काउन्टीको जंगलमा लागेको आगलागीका कारण अहिलेसम्म ६३ जनाको मृत्यु भएको छ । यो आगलागीको चपेटामा ऐतिहासिक सहर लहेना नराम्ररी प्रभावित भएको छ ।
सयौं मानिस बेपत्ता भएको बताइएको छ । यो राज्यको इतिहासमा सबैभन्दा ठूलो प्राकृतिक प्रकोप हो।
आगलागीले भयावह रुप लिएको छ । यसैबीच, भत्किएको सहरमा भएको क्षतिको विवरण लिन स्थानीय बासिन्दाहरूलाई शुक्रबार छोटो अवधिको लागि घर फर्कन अनुमति दिइएको थियो।
उनले अगाडि भयंकर आगोको सामना गर्नुपर्ने हुनसक्ने चेतावनी दिएका थिए । सरकारी अधिकारीहरूले लहैनाका जनतालाई निवासको प्रमाणपत्र ल्याउन आग्रह गरेका थिए।
त्यसपछि शुक्रबार पहिलो पटक उनीहरुका लागि सहर खुला गरिएको हो । यस हप्ताको सुरुमा, ज्वाला द्रुत गतिमा फैलियो, ऐतिहासिक शहरको धेरै भाग ध्वस्त भयो।
बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म सहरमा कर्फ्युको घोषणा गरिएको छ । सहरका केही भागमा राहत र उद्धारकर्मीलाई मात्र प्रवेश गर्न दिइएको छ ।
पश्चिम माउ, जहाँ लाहाइना अवस्थित छ, अझै पनि पानी र बिजुलीविहीन छ। उक्त क्षेत्रमा आगलागीमा परेकाहरुको खोजी कार्य टोलीले गरिरहेको छ ।