रुसको लुना-२५ चन्द्रमामा सफ्ट ल्याण्डिङ हुनुभन्दा एक दिनअघि नै दुर्घटनाग्रस्त


प्रकाशित मिति : भाद्र ३, २०८० आईतबार

रुसको लुना–२५ अन्तरिक्ष यान चन्द्रमामा दुर्घटनाग्रस्त भएको छ । रुसले यो अभियान भारतको चन्द्रयान ३ मिशनको केही दिनपछि सुरु गरेको थियो ।

यो मानवरहित गाडीले चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्यान्डिङ गर्न लागेको थियो तर त्यसअघि नै प्राविधिक गडबडी र सम्पर्क टुटेको जानकारी आएको थियो ।

रसियाको राज्य एजेन्सी रोजकोसमोसले आइतवार बिहान भने – शनिबार अपराह्न १४:५७ (११:५७ जिएमटी) पछि केही समय पछि लुना-२५सँग सम्पर्क टुटेको थियो। यो अपरिचित कक्षमा गएर चन्द्रमाको सतहसँग ठोक्किएको बयानमा भनिएको छ ।

अहिलेसम्म कुनै पनि देशले चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्न सकेको छैन । यद्यपि अमेरिका र चीनले चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गरेका छन् । पछिल्लो झण्डै ५० वर्षमा रुसको चन्द्रमामा यो पहिलो अभियान थियो।

यो यान सोमबार अवतरण हुने थियो । लुना-२५ चन्द्रमाको त्यो भागको अनुसन्धान गर्न थियो, जहाँ वैज्ञानिकहरूले जम्मा भएको पानी र धेरै मूल्यवान तत्वहरू फेला पार्ने अपेक्षा गरिएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com