भारतमा हुने जी-२० राष्ट्रहरूको शिखर सम्मेलन आजबाट सुरु हुँदै, आजको कार्यक्रम के छ ?
प्रकाशित मिति : भाद्र २२, २०८० शुक्रबार
दिल्लीमा हुने जी २० राष्ट्रहरूको शिखर सम्मेलन शनिबार औपचारिक रूपमा सुरु हुँदैछ। यसअघि हिजो अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनकलगायत धेरै देशका राष्ट्र प्रमुखहरू दिल्ली पुगेका छन् ।
यस सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नआउने उनको ठाउँमा चिनियाँ प्रधानमन्त्री ली च्याङ सहभागी हुँदैछन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि यस सम्मेलनमा सहभागी हुने छैनन् ।
सी जिनपिङको अनुपस्थितिबारे आधिकारिक रूपमा अहिलेसम्म केही भनिएको छैन। तर, दुवै देश केही समयदेखि सीमा विवादमा फसेका छन् ।
शिखर सम्मेलन सुरु हुनुअघि भारतका जी–२० अधिकारीले शुक्रबार साँझ पत्रकार सम्मेलनमा दुई दिनपछि जारी हुने घोषणाको मस्यौदा लगभग तयार भइसकेको भन्दै सबैको सहमतिमा साझा वक्तव्य जारी हुने आशा गरेका थिए ।
यसअघि भारतको अध्यक्षतामा जी–२० को समूहका धेरै बैठकहरू भइसकेका छन्, जसमा रुसले युक्रेन युद्धमा साझा बयानका लागि सहमति जुटाउन सकेको छैन।
साथै मोदीले यो सम्मेलनले मानव केन्द्रित र समावेशी विकासका लागि नयाँ बाटो खोल्ने आशा गरेको कुरा दोहोर्याएका छन्।
आजको कार्यक्रम के छ ?
दिल्लीको प्रगति मैदानस्थित भारत मण्डपममा बिहान ९.३० बजे सुरु हुने कार्यक्रममा देश विदेशका नेताहरुको आगमन हुनेछ । पहिलो सत्र ‘एक पृथ्वी’ मा हुनेछ र त्यसपछि धेरै द्विपक्षीय वार्ता हुनेछ।
त्यसपछि ‘एक परिवार’ शीर्षकको दोस्रो सत्र हुनेछ । साँझ सात बजेपछि सबै नेताहरू फेरि एकपटक डिनरमा जम्मा हुनेछन् ।