अष्ट्रेलियाविरुद्धको खेलअघि शुभमन गिललाई ज्वरो, उद्घाटन खेल खेल्न नपाउने सम्भावना


प्रकाशित मिति : आश्विन १९, २०८० शुक्रबार

विश्वकपको उद्घाटन खेलमा अस्ट्रेलियासँगको खेलअघि भारतीय टोलीको चिन्ता बढ्दै गएको देखिन्छ । ओपनर शुभमन गिललाई उच्च ज्वरो आएको र डेंगुको परीक्षण गरिएको बताइएको छ ।

आइतबारको खेलअघि यो खबर आएपछि इशान किशनले खेलमा ओपनिङ गर्न सक्ने अनुमान गरिएको छ ।

बीसीसीआई नजिकको एक स्रोतले भने, “चेन्नईमा अवतरण गरेपछि शुभमन गिललाई उच्च ज्वरो आएको थियो, उनको परीक्षण गरिएको छ। शुक्रबार पनि केही परीक्षण हुने छन्, त्यसपछि उनले उद्घाटन खेल खेल्न पाउने कि नपाउने भन्ने निर्णय हुनेछ ।”

रिपोर्टका अनुसार शुभमन गिललाई डेंगुको परीक्षण गरिएको छ र रिपोर्ट पोजेटिभ आएमा उनले प्रारम्भिक खेल खेल्न पाउने छैनन् ।

यद्यपि, बीसीसीआईका एक अधिकारीले भने – ‘अहिलेसम्म कुनै निष्कर्षमा पुग्नु हुँदैन। यदि यो सामान्य भाइरल ज्वरो हो भने उसले एन्टिबायोटिक लिन र खेल्न सक्छ, यद्यपि यो निर्णय पूर्ण रूपमा मेडिकल टोलीले लिनु पर्छ।”

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com