इजरायलको आक्रमणपछि गाजाको अवस्था कस्तो छ ?
प्रकाशित मिति : आश्विन २१, २०८० आईतबार
हमासको आक्रमणपछि इजरायलले गाजा पट्टीमा धेरै हवाई हमला गरेको छ । इजरायली कारबाहीमा गाजामा बसोबास गर्ने २३० जनाभन्दा बढीको मृत्यु भएको छ भने १ हजारभन्दा बढी घाइते भएका छन् ।
इजरायलको सेनाले लामो समयदेखि नाकाबन्दीको सामना गरिरहेका गाजा पट्टीका विभिन्न सात क्षेत्रका मानिसहरूलाई आफ्नो घर छोडेर सहरको केन्द्रमा पुग्न वा आश्रयस्थलमा जान आग्रह गरेको छ।
ठूलो संख्यामा मानिसहरूले आफ्नो घर छोडेर संयुक्त राष्ट्र संघद्वारा सञ्चालित आश्रय गृहमा बस्न थालेका छन्। गाजाका बासिन्दाहरूले सामाजिक सञ्जाल प्लेटफर्महरूमा त्यहाँको अवस्था वर्णन गरिरहेका छन्।