१७ दिनदेखि भारतमा निर्माणाधीन सुरुङमा फसेका ४१ जना श्रमिकलाई निकालियो
प्रकाशित मिति : मंसिर १२, २०८० मंगलबार
विगत १७ दिनदेखि भारतको उत्तराखण्डको उत्तरकाशीस्थित सिल्काराको निर्माणाधीन सुरुङमा फसेका ४१ जना मजदुरलाई निकालिएको छ । सुरुङबाट निकालिएका मजदुरलाई एम्बुलेन्समार्फत सिधै चिन्यालीसौरको स्वास्थ्य केन्द्रमा ल्याइएको छ । उनीहरुलाई त्यहाँ चिकित्सकको निगरानीमा राखिएको छ ।
मजदुरको उद्धारमा प्रदेश र केन्द्र सरकारका निकायका साथै सेना, विभिन्न संघसंस्था र विश्व ख्यातिप्राप्त सुरुङ विज्ञको सहभागिता रहेको सरकारको भनाइ छ ।
एनडीआरएफ, एसडीआरएफ, बीआरओ, आरवीएनएल, एसजेवीएनएल, ओएनजीसी, आईटीबीपी, एनएचएआईडीसीएल, टीएचडीसी, उत्तराखण्ड राज्य सरकार, जिल्ला प्रशासन, भारतीय सेना, वायुसेना सहित धेरै संस्थाहरू, अधिकारी र कर्मचारीहरूले उद्धार कार्यमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।