६४ बर्षपछि नेपालमै हुलाक टिकट छाप्न सुरु
प्रकाशित मिति : फाल्गुन ५, २०८० शनिबार
हुलाक सेवा विभागले नेपालमै हुलाक टिकट छाप्न शुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडसँगको समन्वयमा ६४ वर्षपछि हुलाक सेवा विभागले टिकट छपाइ शुरु गरेको हो । यसअघि भारत, इण्डोनेसिया लगायतका देशमा हुलाक टिकट छापेर ल्याउने गरिएको थियो ।
नेपालमै छापिएको हुलाक टिकट प्रचलनमा आएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनक शिक्षा सामग्री केन्द्रमा मुद्रण गरिएका ११ प्रकारका हुलाक टिकटमा प्रकाशनको प्रथम दिवसीय टाँचा लगाउनुभ एको हो ।
२०१६ सालदेखि रोकिएको हुलाक टिकट छपाइ ६४ वर्षपछि पहिलोपटक नेपालमा छाप्न थालिएको विभागले जनाएको छ । पहिलोपटक प्रचलनमा ल्याइएको हुलाक टिकट नेपालमै छापिएको थियो ।
विभागका महानिर्देशक प्रदीप अधिकारीले नेपालमै टिकट छापिन थालेसँगै समय र लागत बचत भएको जानकारी दिनुभयो । सरकारी र औपचारिक कागजातमा हुलाक टिकटको प्रयोग हुने गरेको छ ।