न्युयोर्क सिटीको ब्रुकलिनमा पार्किङको विषयमा भएको विवादपछि ६१ वर्षीय पुरुषको हत्या


प्रकाशित मिति : चैत्र ४, २०८० आईतबार

न्युयोर्क सिटीको ब्रुकलिन ग्यास स्टेशनमा पार्किङ गर्ने विषयको विवादका कारण ६१ वर्षीय पुरुषको हत्या भएको छ । शनिबार साँझ ब्रुकलिनको एक ग्यास स्टेशन बाहिर पार्किङको विषयमा विवाद परेपछि भएको आक्रमणमा एक ६१ वर्षीय व्यक्तिको मृत्यु भएको हो।

सिटिजन एपको भिडियोमा क्लार्कसन एभिन्यूमा एक टो ट्रक चालक र अर्का व्यक्तिबीच पार्किङको विषयमा विवाद परेको देखिएको छ । प्रहरीका अनुसार झगडा पछि भौतिक आक्रमणमा परिणत भएको थियो ।

३० वर्षीय पुरुषले ६१ बर्षका पुरुषलाई अनुहारमा मुक्का हानेपछि उनी डलेर फुटपाथमा ठोक्किएका थिए । पीडितलाई ब्रूकडेल अस्पताल लगिएकोमा अस्पतालले उनलाई मृत घोषित गरेको हो ।

३० वर्षीय पुरुषलाई हिरासतमा लिइएकोे प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान समेत भइरहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com