टेक्सासले कागजपत्रविहीनलाई पक्राउ गरेर थुन्न पाउने, सर्वोच्चले खोल्यो बाटो


प्रकाशित मिति : चैत्र ६, २०८० मंगलबार

सर्वोच्च अदालतले कागजपत्रविहीनलाई पक्राउ गरेर थुन्ने टेक्सासको कडा कानून कार्यान्वयनका लागि बाटो खोलिदिएको छ । बाइडेन प्रशासनको अनुरोधलाई अस्वीकार गर्दै सर्वोच्च अदालतले मंगलबार टेक्सासको कडा कानुनका पक्षमा निर्णय गरेको हो । सर्वोच्च अदालतका तीन उदारवादी न्यायाधिसहरुको असहमतिका बाबजुत सर्वोच्चको यो निर्णय आएको हो ।

कानूनमा कानुनी चुनौतीहरू संघीय अपील अदालतमा जारी छन्, तर सर्वोच्चको निर्णयले टेक्सासलाई महत्त्वपूर्ण तर अस्थायी जीत दिलाएको छ । सर्वोच्च अदालतले यसअगाडि अनिश्चितकालीन अन्तरिम आदेश जारी गर्दै कानून लागू हुनबाट रोकेकोपनि उक्त रोक मंगलबारको आदेशपछि हटेको छ ।

पुनरावेदन अदालतले मार्च १० बाट कानुन कार्यान्वयनको बाटो खोलेपछि बाइडेन प्रशासन र धेरै अध्यागमन समूहहरूले कानूनको कार्यान्वयन रोक्न आग्रह गर्दै सर्वोच्च अदालतमा आपतकालीन आवेदन दायर गरेका थिए । सर्वोच्चले हस्तक्षेप नगरे टेक्सासमा विनाभिसा छिर्नेलाई पक्राउ गरेर जेल हाल्ने राज्यको छुट्टै कानून लागु गर्न पाँचौं सर्किटको पुनरावेदन अदालतले आदेश दिएको थियो ।

(सुजान्ने कोर्डेइरो / एएफपी)

सुरुमा मार्च ५ बाट लागु हुने तय भएको यो कानून कार्यान्वयन हुनबाट रोक्नका लागि टेक्सासको अष्टिनका संघीय न्यायाधिसले आदेश दिएतापनि पछि पाँचौं सर्किटको पुनरावेदन अदालतले कानून कार्यान्वयनका लागि बाटो खोलेको थियो । गत डिसेम्बरमा गभर्नरले हस्ताक्षर गरेको यो कानूनमा अवैध रूपमा सीमा पार गर्ने आप्रवासीहरूलाई फिर्ता पठाउने अधिकार प्रहरी अधिकारीहरुलाई दिइएको छ भने मानव तस्करलाई दण्डित गर्ने प्रावधान पनि रहेको छ । सिनेट बिल ४ नामको यो कानुन अनुशार अवैध रूपमा सीमा पार गर्ने आप्रवासीहरूलाई टेक्सास प्रहरी गिरफ्तार गर्न वा फिर्ता पठाउन सक्नेछन् ।

कानुनमा मेक्सिकोबाट अवैध रूपमा टेक्सास प्रवेश गरेमा नयाँ राज्य अपराध मान्नेछ भने राज्यका पुलिसलाई त्यस्ता आप्रवासीहरुलाई पक्राउ गर्न अधिकार दिनेछ र आप्रवासीहरूलाई पोर्ट अफ इन्ट्रीमा फर्काउन तथा तिनीहरूलाई मेक्सिको फिर्ता पठाउने आदेश दिन अनुमति दिनेछ । यो कानुन अन्तर्गत पहिलो पटक गैरकानुनी रुपमा छिर्नेलाई दोषी ठहर गरेर १८० दिनसम्म जेल सजाय गर्नसक्ने प्रावधान छ । यदि व्यक्ति बारम्बार गैरकानूनी रूपमा अमेरिका प्रवेश गरेको खण्डमा दुई वर्षसम्म कैद सजाय हुनेछ।

मानव तस्करी गर्नेहरुविरुद्ध न्यूनतम सजाय दुई वर्षबाट बढाएर १० वर्ष बनाइएको छ । कानुनमा तस्करीको परिभाषा धेरै फराकिलो छ र कानून प्रवर्तन अधिकारीहरूले साथी वा परिवारलाई सवारी दिने मानिसहरूलाई लक्षित गर्न सक्छन् । कानुनले १० वर्ष अनिवार्य न्यूनतम सजाय दिन्छ जबकी हत्या जस्ता प्रथम डिग्री अपराधहरूमा समेत ५ वर्ष न्यूनतम सजाय हुन्छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com