सर्वोच्चले न्याय दिलाएको प्रसाईंको प्रतिक्रिया, भन्छन्- ‘अब बैंकको ऋण पनि तिर्छु’


प्रकाशित मिति : चैत्र १८, २०८० आईतबार

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिएर सर्वोच्च अदालतले आफुलाई न्याय दिएको बताएका छन् ।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रसाईंले सर्वोच्च अदालतले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिएपछि न्याय मिलेको बताएका हुन् ।

उनले सर्वोच्चले न्याय मरेको छैन भन्ने कुरा स्थापित बताउदैँ न्यायपालिकालाई धन्यवाद दिएका छन् । प्रसाईंले भने- ‘न्याय मरेको छैन भन्ने कुरा सर्वोच्च अदालतले स्थापित गरेको छ। न्यायपालिकालाई धन्यवाद दिन चाहन्छु ।’

उनले अब बैंकको ऋण पनि तिर्ने बताएका छन् । उनले बीएन्डसी मेडिकल सम्बन्धन पाएसँगै मेडिकल कलेज चलाएर बैंकको सबै ऋण तिर्ने प्रतिबद्धता समेत जनाएका छन् । ‘मेडिकल कलेजले सम्बन्धन पायो। अब म बैंकको पैसा तिर्छु। तर अब देश बचाउने मेरो लडाइँ झन् सशक्त हुन्छ’, उनले भने ।

प्रसाईँले मेडिकल कलेजले सम्बन्धन पाएपछि आफुसँग पैसा पनि हुने भन्दैँ लडाइँ झन् आक्रमक हुने जिकिर गरे । ‘मेडिकल कलेजले सम्बन्धन पाएपछि अबसँग पैसा पनि हुन्छ, लडाइँ झन् आक्रमक हुन्छ।’- प्रसाईँले पत्रकारहरुसँग भने । उनले आफूले कहिल्यै पनि बैंकको ऋण तिर्दिनँ नभनेको जिकिर गरे ।

प्रसाईंले आफूले राज्यको निकायकै निर्णयको आधारमा २२ बोरको हतियार विदेशबाट ल्याएको र लाइसेन्स लिएर प्रयोग गरिरहेको समेत बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com