२५ वर्षयताकै शक्तिशाली भूकम्पले ताइवानमा दिएको पीडा (तस्वीरमा हेर्नुहोस्)


प्रकाशित मिति : चैत्र २१, २०८० बुधबार

ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । ताइवानमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्पमा ८०० बढी घाइते छन् ।

भूकम्पका कारण ताइवानसँगै चीन, जापान, फिलिपिन्समा सुनामी आउन सक्ने प्रारम्भिक चेतावनी जापानको मौसम पुर्वानुमानसम्बन्धी निकायले जारी गरेको छ । भूकम्पका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताइएको छ ।

आवासीय भवनहरू भत्केका र मानिसहरूलाई उनीहरूका घर एवम् विद्यालयबाट उद्धार गर्दै गरिएका दृश्य देखिने भिडियो तथा तस्वीर स्थानीय सञ्चारमाध्यमले देखाएका छन् ।

ताइवानमा भूकम्पका कारण पहाडी भेगमा निकै ठाउमा पहिरो गएको बताइएको छ । सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा ७।६ म्याग्निट्यूडको विनाशकारी भूकम्प जाँदा दुई हजार ४०० व्यक्तिको ज्यान गएको थियो ।

समाचार एजेन्सी एपी र सिन्ह्वाले खिचेका तस्वीरमा हेर्नुहोस्, ताइवानमा भूकम्पले दिएको पीडा :

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com