चैतमा ७ हजार महिलाले कामको खोजी गर्दै नेपाल छाडे , युवाहरुका लागि यूएई आकर्षक गन्तव्य बन्दै
प्रकाशित मिति : बैशाख ७, २०८१ शुक्रबार
२०८० सालको चैतमा मात्रै १७ हजार ८१८ जना नेपाली यूएई पुगेका छन् । यसले नेपाली युवाहरुको आकर्षक गन्तव्य यूएई बनेको देखाएको छ ।
साउदी अरेबियामा १३ हजार ६४१ जना, कतारमा ११ हजार २०४ जना, मलेसियामा १२ हजार ६०२ जना, कुवेतमा ४ हजार ७६ जना र बहराइनमा ९ सय ६४ जना पुगेका छन् ।
रोमानियामा २ हजार २ सय ९९ जना, क्रोएसियामा ९६० जना, साइप्रसमा ७८१ जना, जापानमा १ हजार ३ सय ५१ जना, माल्दिभ्समा ४९३ जना, मौरिससमा ६२० जना र दक्षिण कोरियामा ६५७ जना रोजगारीका लागि गएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको चैत महिनामा ७० हजार ९३३ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् ।
यसमध्ये ६४ हजार २४१ जना पुरुष र ६ हजार ६९२ महिला रहेका वैदेशिक रोजगार विभागले जनाएको छ ।