भोलि न्युयोर्कको तापक्रम ८० डिग्री फरेनहाइट नाघ्ने
प्रकाशित मिति : बैशाख १६, २०८१ आईतबार
भोलि न्युयोर्कको तापक्रम ८० डिग्री फरेनहाइट नाघ्ने राष्ट्रिय मौषम सेवाले अनुमान गरेको छ । आइतबारदेखि नै न्युयोर्क सिटीको तापक्रममा उल्लेख्यबृद्धि भएपछि सोमबार समरकै जस्तो तातो हुनेछ ।
न्युयोर्कवासीहरूले सप्ताहन्तमा घमाइलो आकाशका साथमा ७० डिग्री आसपासको सुखद मौषम पाए । शनिबार ६० डिग्री आसपासमा चिसो हुने भएपनि आइतबार निकै न्यानो रह्यो ।
सोमबार न्युयोर्कको तापक्रम ८३ डिग्री फरेनहाइट पुग्ने अनुमान गरिएको छ भने ८५ डिग्री फरेनहाइट जत्तिकै अनुभव हुनेछ । ८० डिग्री तापक्रम सोमबार पछि घटेपनि यो साताभर तापक्रम ७० डिग्रीको हाराहारीमा हुनेछ । जुन न्युयोर्कमा अत्यन्तै राम्रो तापक्रमका रुपमा लिइन्छ । बुधबार तापक्रम ७४ डिग्रीको हाराहारीमा हुनेछ ।