सडकमा स्वयमसेवक खटाउने गृहमन्त्री लामीछानेको निर्देशन कार्यान्वयन नहुने


प्रकाशित मिति : जेष्ठ २०, २०८१ आईतबार

सर्वोच्च अदालतले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई ट्राफिक स्वयमसेवकका रूपमा सडकमा खटाउने निर्देशन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको उक्त निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।

बझाङका २२ वर्षीय कृष्ण विक, स्याङ्जा हरिनासका २२ वर्षीय आकाश भट्ट, ललितपुर गोदावरीका २२ वर्षीय उज्जव माली, पर्साका २१ वर्षीय इमामुल हकलगायत ७ जनाले प्रहरीको उक्त कार्यले नागरिकहरूको सम्मानपूर्व बाँच्न पाउने हक, हिँडडुल गर्न पाउने हक हनन् भएको भन्दै शुक्रबार सर्वोच्चमा अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

रिटमा सवारी तथा यातायात ऐनको दफा १६४ ले ट्राफिक नियम उल्लंघन गरेबापत जरिवानामात्र तिराउन सक्ने भने पनि प्रहरीले भने शारीरिक दण्ड दिएको उल्लेख थियो।

यही जेठ १५ गते गृहमन्त्री लामिछानेले सडकमा ट्राफिक नियम उल्लङ्घन गर्नेलार्ई स्वयमसेवकका रूपमा खटाउन मातहतका निकायलाई निर्देशन दिनुभएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com