संखुवासभाको सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु, दुईजना घाइते
प्रकाशित मिति : जेष्ठ ३०, २०८१ बुधबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2024/06/Pahiro.jpg?fit=1024%2C673&ssl=1)
संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।
मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका छन् । उनीहरू निदाएका बेला पहिरो खसेको हो ।
जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।