पहिरामा परी लमजुङमा ४ जनाको मृत्यु
प्रकाशित मिति : असार १२, २०८१ बुधबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2024/06/pahiro-1.jpg?fit=1024%2C637&ssl=1)
लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ ।
पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए ।
पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उहाँकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले बताउनुभयो ।
उहाँले प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरुको शव निकालेका हुन् ।