विश्वकप फाइनल : दक्षिण अफ्रिकाको छैटौं विकेट गयो, भारत जीत नजिक


प्रकाशित मिति : असार १५, २०८१ शनिबार

विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको स्कोर १७.४ ओभरमा ६ विकेट गुमाएर १५६ रन थियो । डेभिड मिलर र केशव महाराज क्रिजमा छन् ।

मार्को जान्सन (२ रन) जसप्रित बुमराहले बोल्ड गरे । उनले डेथ ओभरमा यस प्रतियोगितामा १५ औं विकेट लिएका थिए ।

हार्दिक पाण्ड्याले हेनरिक क्लासेनलाई विकेटकिपर ऋषभ पन्तको हातमा कैच आउट गराए। क्लासनले २७ बलमा ५२ रन बनाए । उनले अक्षरका लागि २ छक्का र २ चौका प्रहार गरे ।

जसप्रित बुमराहले रिजा हेन्ड्रिक्स र रशदीपले एडेन मार्करामलाई आउट गरेका थिए । अक्षरले ट्रिस्टन स्टब्स र डी ककलाई आउट गरे।

बार्बाडोसको मैदानमा भारतले पहिले ब्याटिङ रोजेको थियो । रोहित शर्मा, ऋषभ पन्त र सूर्यकुमारको विकेट पावरप्लेमा नै खसेका थिए । कोहलीले ७२ रन र अक्षर पटेलले ४७ रनको इनिङ खेले । शिवम दुबेले तीव्र गतिमा २७ रन बनाएर स्कोर १७६ मा पुर्याए ।

दक्षिण अफ्रिकाका स्पिनर केशव महाराज र एनरिक नोर्त्याले २–२ विकेट लिए । कागिसो रबाडा र मार्को जान्सनले एक–एक विकेट लिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com