क्यानडा कोपा अमेरिका फुटवलको सेमिफाइनलमा पुग्यो


प्रकाशित मिति : असार २१, २०८१ शुक्रबार

क्यानडा कोपा अमेरिका फुटवल प्रतियोगिता २०२४ को सेमिफाइनलमा पुगेको छ ।

शनिबार बिहान भएको क्वाटरफाइनलमा भेनेजुयतालाई पेनाल्टी सुटआउटमा ४-३ को गोल अन्तरले हराउदै क्यानडा सेमिफाइनलमा पुगेको हो ।

उसले अब फाइनल पुग्नका लागि साबिक बिजेता अर्जेन्टीनाको सामना गर्नुपर्नेछ । इक्वेडरलाई हराउदै अर्जेन्टीना सेमिफाइनलमा प्रबेश गरिसकेको छ ।

निर्धारित समयमा १-१ को बराबरी भएपछि नतिजाका लागि पेनाल्टी सुटआउटमा जानु परेको हो ।

निर्धारित ९० मिनेटको खेल भित्र क्यानडाका ज्याकोवले १३ औ र भेनेजुयताका सालमोनले ६४ औ मिनेटमा गोल गरेपछि बराबरी भएको थियो ।
कोपा अमेरिका फुटबलमा क्यानडा पहिलो पटक सेमिफाइनलमा पुगेको हो । भेनेजुएला सन् २०११ मा सेमिफाइनलसम्म पुगेको थियो ।

आइतबार बिहान पौने ४ बजे कोलम्बिया र पानामा तथा पौने ७ बजे उरुग्वे र ब्राजिल बिच खेल हुनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com