१० तस्वीरमा हेर्नुहोस्, नेपालभर बाढी, पहिरो र डुबानले मच्चाएको बितण्डा


प्रकाशित मिति : असार २३, २०८१ आईतबार

भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म ८ जनाको मृत्यु भइसकेको छ । बाढीले तराइँका क्षेत्र डुबानमा परेका छन् भने पहिरोले पहाडी क्षेत्रमा बितण्डा मच्चाएको छ । देशभरका अधिकांश मुख्य तथा सहायक राजमार्गहरु अवरुद्ध बनेका छन् ।

देशभर बाढी, पहिरो र डुबानले मच्चाएको बितण्डाका केही तस्वीरहरु :

अविरल वर्षाले दाङको घोराही उपमहानगरपालिका -७ स्थित सौडियारमा डुबान भएको धान खेत। 
दाङको घोराही उपमहानगरपालिका–७ स्थित बेलहरीवासीको बबई नदीको बढीले डुबाएको रोपाइँ गर्न राखेको धानको ब्याड र मकै खेती । अविरल वर्षाका कारण दाङको बबई नदीमा १० वर्ष पछि ठूलो बाढी आएको स्थानीय बुढापाका बताउँछन् । 
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोले घर पुरिएर वेपत्ता भएकाको आइतबार बिहान खोजी गरिँदै । पहिरोमा पुरिएर वेपत्ता एक महिलाको शव भेटिएको छ भने दुई जना वेपत्ता छन् ।
नारायणी नदीमा आएको बाढीले शनिबार राती बगाएको भरतपुर महानगरपालिका ३ स्थित नगरवनस्थित झोलुङ्गेपुल । बाढीले नगरवन क्षेत्रको जमिन समेत कटान गरेको छ ।
रुकुम पूर्वमा पहिरोका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग । अविरल वर्षाका कारण शनिबार बिहान रानीकोटस्थित सडकमा पहिरो झरेपछि सवारी साधन सञ्चालन हुनसकेको छैन ।
तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिमा वर्षाका कारण सडक हिलाम्य भएपछि आइतबार बिहान फसेको गाडी । हिलोमा गाडी फसेपछि यो खण्ड अवरुद्ध भएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–११ गामी छाक्रामा पहिरोले क्षति पु¥याएको सामुदायिक भवन । 
वर्षाका कारण जलमग्न भएको धनगढी उपमहानगरपालिका-३ बोराडाँडीमा रहेको त्रिभुवन माध्यामिक विद्यालयको मैदान । शुक्रबारदेखि भएको निरन्तर वर्षाका कारण धनगढीका अधिकांश होचा भू—भाग जलमग्न भएका छन् । 

तस्वीरहरु : राससबाट

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com